Saturday, June 26, 2010

रातो र चन्द्र सूर्य - 1974 A.D.

Rato Ra Chandra Surya
Band/Singer: 1974 AD

रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो
जीउंदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो
जीउंदो रगत सरि यो, बल्दो यो शान हाम्रो

हिमाल झैं अटल यो, झुकेन को कहिले
लत्रेन यो कहिले, जंगी निशान हाम्रो
यो जन्मदै जगतमा, कैयौ प्रहार आए
साम्राज्य डुबी हारे, हारेन शान हाम्रो
रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो
जीउंदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य...

जब सम्म चन्द्र सूर्य, आकाशमा रहन्छ
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो
गाई सरि छन् सबै, जो जो यहाँ जगतमा
सबको शरण बलियो, जंगी निशान हाम्रो
रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो
जीउंदो रगत सरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य...

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP