Saturday, June 26, 2010

ऋतुहरुमा - Arun Thapa

Ritu Haruma Timi
Band/Singer: Arun Thapa

ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
नदीहरुमा तिमी हो... पवित्र गंगा हौ २

निर्दोष छन् ती तिम्रा हत्केलाहरु
तर मायाले भरिएका छन् औंलाहरु २
पवित्र छन् तिम्रा लाजका गहना २
तर चाहनाले भिजेका छन् ओंठहरु ऊ...
हावाहरुमा तिमी शीतल पवन हौ,
नदीहरुमा तिमी हो... पवित्र गंगा हौ
ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
नदीहरुमा तिमी हो... पवित्र गंगा हौ

प्रकृतिले मलाई जन्म दिएकी
तिम्रो सिउँदोमा सिन्दुर भर्न २
सरस्वतीले कलम थमाएकी २
तिम्रो सुन्दरताको सधैं बयान गर्न
फूलहरुमा तिमी कोमल गुलाब हौ
नदीहरुमा तिमी हो... पवित्र गंगा हौ
ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
नदीहरुमा तिमी हो... पवित्र गंगा हौ

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP