Saturday, June 26, 2010

निश्‍चल छ तिम्रो माया - Deepesh Kishor Bhattarau

Nischal Cha Timro Maya
Band/Singer: Dipesh K. Bhattarai

निश्‍चल छ तिम्रो माया, भन्ने तिमी गर्थौ २
म नै हुँ जीवन तिम्रो, भन्ने तिमी गर्थौ २
झूठो तिम्रो माया जालैमा मलाई किन फसायौ
निश्‍चल छ तिम्रो माया, भन्ने तिमी गर्थौ

सँगै हाँस्थ्यौ सँगै सँगै डुली हिंड्थ्यौ
ख्याल ठट्टा गर्दै तिमी मेरो नजिकियौ २
मुटु मेरो चोरी तिमी, फेरि किन बिलायौ
आफ्नो सोचें तिमीलाइ, पराइ किन भैदियौ
निश्‍चल छ तिम्रो माया, भन्ने तिमी गर्थौ

मनमा तिम्रो अरु थियो किन भनिनौ
ब्यर्थै तिमीले म सँग वाचा किन गर्यौ २
मुटु मेरो चोरी तिमी, फेरि किन बिलायौ
आफ्नो सोचें तिमीलाइ, पराइ किन भैदियौ
निश्‍चल छ तिम्रो माया, भन्ने तिमी गर्थौ २
म नै हुँ जीवन तिम्रो, भन्ने तिमी गर्थौ २
झूठो तिम्रो माया जालैमा मलाइ किन फसायौ
निश्‍चल छ तिम्रो माया, भन्ने तिमी गर्थौ

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP