Saturday, June 26, 2010

देशले रगत मागे - Gopal Yongan

Desh Le Ragat Mage
Band/Singer: Gopal Yonjan

देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी

बुढेसकालका लाठी देस यज्ञभित्र होमि
मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन
ती कागडाका संतान अझै मरेका छैनन
तर चियाबारी र बास घारी कुरिरहेका हुंछन
पाउदिन केहि पनि रगत स्तनको साटो
आउदैन माग्न उसलाई उ नेपालीकि छोरी २

यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान
बघिनीको दुध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बांच्न निर्धा भएर एकछिन
बरु सहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे
माग्दिनन् सुनका अक्षर उ नेपाली कि छोरी

देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
देशले रगत मागे मलाई बली चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP