Saturday, June 26, 2010

किन किन तिम्रो तस्वीर - Gulam Ali

Kina Kina Timro Tasbir
Band/Singer: Gulam Ali

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ २
नभुलेर जति हेर्छौ उति हिसी लाग्छ
अंध्यारोमा रात बीच तारा पिच्छे घुम्छ
जूनेलीमा जूनसित ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

एक ग्लास ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउँझे पनि सिरानामै हुन्छ
repeat
प्रभातको, प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइ उग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
repeat
खोकिलामा, खोकिलामा हाल्छु जसै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु संधै नजिक त्यहीं हुन्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नभुलेर जति हेर्छौ उति हिसी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

1 comment:

  1. salute....you late king
    the word selection is very awesome

    ReplyDelete

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP