Saturday, June 26, 2010

तिमीले हेर्दा कसैलाई - Nabin K. Bhattarai

तिमीले हेर्दा कसैलाई गार्हो हुन्छ यो मनलाई
तिमीले कुर्दा कसैलाई सार्हो हुन्छ यो तनलाई
तिमीले हेर्दा कसैलाई गार्हो हुन्छ यो मनलाई
डाहा हैन, न त इर्ष्या नै हो
जलन हैन, न त शंका नै हो..
तिमीले हेर्दा कसैलाई गार्हो हुन्छ यो मनलाई

तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
तिमीले बोल्दा कसैलाई के छ भन्छ यो मनलाई
तिमीले सोध्दा कसैलाई ठेस पुग्छ यो सोचलाई
शंकीर्ण हैन त, गुनासो हो
च्याखे फापेको न त, पासो नै हो..
तिमीले...

डाहा हैन, न त इर्ष्या नै हो
जलन हैन, न त शंका नै हो..
तिमीले हेर्दा कसैलाई गार्हो हुन्छ यो मनलाई

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP