Band/Singer: Mingma Sherpa
Album: Feel

नमूना बनाइ दियौ पागल प्रेमीको २
जुन बाटोमा माया लायौ
त्यही बाटो नै भुली दियौ
नमूना बनाइ दियौ पागल प्रेमीको
सागर जस्तो गहिरो यो मेरो मायालाई
हृदयमा कसरी अटाएनौ
मेरो माया तिम्रो मायासंगै
मेरो प्रीत तिम्रो प्रीतसंगै
मायामा डुबाइदियौ मायालु बनेर
तीरैमा सोरिदियौ लहर बनेर
नमूना बनाइ दियौ पागल प्रेमीको
जीवनको पहिलो यो मेरो मायालाई
बदनामको उपहारले सजाइ दियौ
मेरो माया तिम्रो मायासंगै
मेरो प्रीत तिम्रो प्रीतसंगै
ऋतु झैं बदलिदियौ समय बनेर
एक्लै छोडिदियौ बिरानो बनेर
नमूना बनाइ दियौ पागल प्रेमीको
No comments:
Post a Comment