
Komal Tyo Timro Badanma
Band/Singer: Sabin Rai
कोमल त्यो तिम्रो बदनमा ढल्न मन लाग्यो
एक छिनलाई सारा भुलेर हराउन मलाई इच्छा जाग्यो
केही कदम भए पनि हिंडन मन लाग्यो
तिमीसँग गहराइमा डुबी हेर्न इच्छा जाग्यो
तिम्रो आगमन ले मेरो जीवनमा
बेग्लै असर छाड्यो हेर मेरो आँखामा
स्पष्ट देख्ने छौ ओ ए तिम्रो नाम
सुनीदिने दैव पनि बहिरो छैन होला
कसम छ मेरो तिमीलाई
साथ कहिल्यै छोडने छुइन
मलाई हसाउँ या रुवाउ फरक पर्ने छैन
चालिसकेको यो कदम बाचुंजेललाई हट्ने छैन
तिम्रो मायामा डुबेको छु यति सारो की
एकछिन नदेख्दा सारा विरानो लाग्छ
परिचित ठाउँ पनि ओ ए तिमी बिना
सुख होस या दुःख तिम्रो साथ पाउने छु
जहिले तिमीलाई मेरो साहारा चाहिन्छ
तिमीलाई जस्तै अरुलाई म माया गर्न सक्दिन
मेरो यही हो अन्तिम शब्द
सुख होस या दुःख तिम्रो साथ पाउने छु
जहिले तिमीलाई मेरो साहारा चाहिन्छ
तिमीलाई जस्तै अरुलाई म माया गर्न सक्दिन
मेरो यही हो अन्तिम शब्द
तिम्रो मायामा डुबेको छु यति सारो की
एकछिन नदेख्दा सारा विरानो लाग्छ
परिचित ठाउँ पनि ओ ए तिमी बिना
No comments:
Post a Comment